विश्व कप छनाेट : नेपाल र वेस्ट इन्डिज एउटै समूहमा

 जेठ ९, २०८० मंगलबार १५:३०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटकाे छनाेटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटककाे विश्व कप विजेता हाे ।

मङ्गलवार आईसीसीले विश्व कप छनाेटकाे समूह विभाजन गरेकाे हाे । समूह 'ए' मा नेेपाल र वेस्ट इन्डिजसँगै, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । नेपाले पहिलाे खेल असार ३ गते जिम्बावेसँग, दाेस्राे खेल असार ५ गते अमेरिकासँग, तेस्राे खेल असार ७ गते वेस्ट इन्डिजसँग र चाैथाे खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

छनाेटअघि नेपालले दुई खेलकाे वार्म–अप खेल्नेछ । नेपालले जेठ ३० गते यूएईसँग र जेठ ३२ गते ओमानसँग खेल्नेछ । 

समूहको शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्स चरणबाट शीर्ष २ टाेलीले प्रतियाेगिताकाे फाइनल खेल्नेछन् । फाइनल पुग्ने २ टाेलीले आउँदाे अक्टाेबर–नाेभेम्बरमा भारतमा हुने विश्व कपका लागि छनाेट हुनेछन् ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया