नेपाली क्रिकेट लिगमा भारतीय खेलाडी

 कात्तिक ७, २०७५ बुधबार २०:१७:२० | रासस
unn.prixa.net

काठमाडौं – यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । 

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक २० सम्म सञ्चालन हुनेछ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्र्याएको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका साथै सन्नीले काठमाडौंबाट समेत खेलिसकेका छन् । 

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् । चितवन राइनोजको टोलीको स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले लिएकाे छ ।
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया