तिहारअन्तर्गत आज गाईंगोरु र गोबद्र्धन पूजा
कात्तिक १७, २०८१ शनिबार
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो ।
गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो ।
गिलले आईपीएलको एकै सिजनमा तीन वटा शतक हान्ने विराट कोहली र जोस बट्लरको रेकर्ड पनि बराबरी गरेका छन् । गुजरातले अब उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग खेल्नेछ । गएको वर्ष पहिलोपटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।