कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
भारत र वेस्टइन्डिजवीचको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगिता बराबरीमा टुंगिएकाे छ ।
पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ३२१ रन बनाएको थियो । ३२२ रनको जवाफी लक्ष्य पछ्याएको वेस्टइन्डिजले पनि निर्धारित ओभरमा ३२१ रन बनाएपछि खेल टाइ भएको हो ।
टस जितेर भारतले पहिला ब्याटिङ गरेकाे खेलमा कप्तान विराट कोहलीले नट आउट १५७ रन जोडेका थिए । खराब सुरुआत गरेको भारतलाई कोहली र अम्बाती रायुडुले १३९ रनको साझेदारी गरेपछि ठूलो स्कोर खडा गर्न सफल भएका थिए ।
रायडु ७३ रनमा आउट भए । वेस्टइन्डिजका साइ होप १२३ रनमा नटआउट रहँदा सिमरन हेत्मायर ९४ रनमा आउट भएका थिए । भारतविरुद्ध मजबुत देखिएको वेस्टइन्डिजका जेसन होल्डर रन आउट हुनु नै दुर्भाग्य बन्यो । ३०० रन हुँदा उनी आउट भएपछि वेस्टइन्डिज दबाबमा आएको थियो ।
अन्तिम ओभरमा वेस्टइन्डिजलाई जितका लागि १४ रन चाहिएको थियो । त्यतिबेला उमेश यादव बलिङमा आएका थिए । पहिलो बलमा १ रन दिएका यादवले दोस्रो बलमा चौका दिएका थिए । दुई बलमा ५ रन बनाएपछि भारत दबारबमा आएको थियो ।
४ बलमा ९ रन चाहिएका बेला तेस्रो बलमा वेस्टइन्डिज दुइ रन लिँदै भारतीय फिल्डरमाथि दबाब कायम राखेको थियो ।
चौथो बलमा वेस्टइन्डिजका यासिर नर्सले प्रहार गरेको बल अम्बाती रायुडुका हातमा गएपछि भारतको झिनो आसा बाँकी रहेको थियो । पाँचौ बलमा नट आउट रहेका होपले २ रन बनाएका थिए । तर अन्तिम १ बलमा जितका लागि ५ रन चाहिएका बेला होपले चार रन मात्र प्रहार गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।