आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई : गुजरात ५ विकेटले पराजित

 जेठ १६, २०८० मंगलबार ६:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराउँदै चेन्नई पाँचौँ पटक च्याम्पियन बन्यो । जितसँगै चेन्नईले मुम्बई इन्डियन्ससँग उपाधिमा बराबर गरेको छ । डक वर्थ लेविसमा ओभर घटाउँदै चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पाएको थियो ।

चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो । चेन्नईका डेभन कन्वे ४७ तथा ऋतुराज गायकवाड २६ रनमा आउट भए । शिवम् दुबे ३२ रनमा र रविन्द्र जडेजा १५ रनमा अविजित रहे ।

गुजरातका मोहित शर्माले ३ विकेट लिए । त्यस्तै, नुर अहमदले २ विकेट लिए । त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ९६ रन जोडे । ऋद्धिमान शाह ५४ रनमा तथा शुभमन गिल ३९ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए । महेन्द्रसिंह धोनीको टोली चेन्नई पाँचौँपल्ट च्याम्पियन बन्दा साविक विजेता गुजरात उपाधि रक्षा गर्न असफल भयो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया