कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।
तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् ।
युवा र अनुभवी खेलाडीको मिश्रण रहेको दुवै टोलीका लागि नयाँ पीच सबैभन्दा डरको विषय भएको छ ।
दुवै टोलीका कप्तान तथा प्रशिक्षकले पीचको अवस्था अनुसार प्रदर्शन निर्भर रहने बताइसकेका छन् । रातो माटोको पीच नेपालमा अन्त छैन । नयाँ पीचको अवस्थालाई बुझेर संयमित भएर खेल्ने दुवै टोलीका मार्की खेलाडीको भनाइ छ ।
विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकर मार्की खेलाडी छन् ।
कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरा र विराटनगरका अलावा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुज छन् । सबै टिम र खेलाडी पोखरा पगिसकेका छन् भने सबैले तयारी सकाइसकेका छन् ।
प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । जुन घरेलु क्रिकेटको सर्बाधिक पुरस्कार राशी हो । त्यस्तै उपविजेताले १० लाख पुरस्कार पाउनेछन् ।
हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् भने हरेक खेलको विजेताले १५ हजार पाँच सय बोनसस्वरुप पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।