विश्व टेस्ट च्याम्पियनसिपको फाइनल : अस्ट्रेलियाका ट्रविस हेडको शतक

 जेठ २५, २०८० बिहीबार ६:९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । उसले हिजो पहिलो दिन नै उच्च योगफल बनाएको छ ।

इङ्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले ८५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय २७ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । अस्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेड १ सय ४६ रनमा अविजित छन् । हेड विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् ।

त्यस्तै, स्टिभ स्मिथ ९५ रनमा अविजित रहेका छन् । उस्मान खवाजा शून्य रनमा आउट भए । मार्नुस लाबुसेन २६ र डेविड वार्नर ४३ रनमा आउट भए ।

दोस्रो दिनको खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया