भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टाेली घाेषणा

 जेठ २५, २०८० बिहीबार १६:१४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनशिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा रहेका छन्  । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु र आभास लामिछाने रहेका छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर रहेका छन् ।

साफ च्याम्पियनशिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारतसँग र अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ ।

च्याम्पियनशिपको तयारीअन्तर्गत नेपालले जुन १५ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया