फिफा वरीयतामा नेपाली महिला टाेली १ स्थान तल झर्‍याे

 जेठ २६, २०८० शुक्रबार १६:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा खस्किएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेकाे हाे । नयाँ वरीयतामा नेपाल १ सय १ औँ स्थानमा छ । यसअघि नेपाल १ सयाैँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९ औँ स्थानमा र दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ ।

आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, स्पेन छैटौँ र क्यानडा सातौँ स्थानमा छन् । यस्तै ब्राजिल आठाैँ, नेदरल्यान्ड्स नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया