असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई ४ सय ४४ रनको लक्ष्य दिएको छ । पहिलो पारीमा १ सय ७३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा ८ विकेट गुमाएर २ सय ७० रन बनाउँदा पारी समाप्तिको घोषणा गरेपछि भारतले ४ सय ४४ रनको लक्ष्य पाएको हो ।
दोस्रो पारीमा अस्ट्रेलियाका एलेक्स केइरीले नटआउट सर्वाधिक ६६ रन बनाए । बलिङतर्फ भारतका रविन्द्र जडेजाले ३ तथा मोहम्मद शाही र उमेश यादवले २/२ विकेट लिए । भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।
भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन । भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको उपविजेता हो । २०२१ मा भएको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।