असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएकाे छ । एसिया कप आउँदाे अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएकाे छ ।
एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड माेडलमा हुन लागेकाे हाे । जसअन्तर्गत प्रतियाेगिताका चार खेल पाकिस्तान र बाँकी नाै खेल श्रीलङ्कामा हुनेछ । भारतले पाकिस्तान जान नमानेपछि प्रतियाेगिता दुई ठाउँमा खेलाइने भएकाे हाे ।
समूह 'ए' मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह 'बी' श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो ।
नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ । नेपालले पाकिस्तानसँगकाे खेल पाकिस्तानमै खेल्नेछ ।
समूहका शीर्ष २ ले 'सुपर फोर' मा ठाउँ बनाउनेछन् । 'सुपर फोर' बाट शीर्ष २ टाेली फाइनलमा पुग्नेछन् ।
यसअघि भारत र पाकिस्तानकाे आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्याेल थियाे । यही कारण अहिलेसम्म प्रतियाेगिताकाे ठाउँ र तालिका सार्वजनिक भएकाे थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।