फाइभ नेसन्स बास्केटबल : नेपालले पाकिस्तानलाई हरायाे

 जेठ ३२, २०८० बिहीबार १९:४८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – माल्दिभ्समा भइरहेकाे फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनशिपमा नेपालले पाकिस्तानलाई हराएको छ । 

माल्दिभ्सको मालेमा आज बिहीवार भएकाे खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले हराएको हो । नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो । 

अब नेपालले पर्सि शनिवार बङ्गलादेशसँग र आइतवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बङ्गलादेश, भुटान र पाकिस्तान छन् । राउन्ड रोबिन लिगका आधारमा भइरहेकाे प्रतिस्पर्धामा शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया