साप्ताहिक शेयर समीक्षा: दसैं बिदाले पनि असर गरेन शेयर काराेबारलार्इ

 कात्तिक ९, २०७५ शुक्रबार १९:४:४८ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडाैं - आर्थिक वर्ष २०७५-७६ को पहिलो त्रयमास समाप्त भएको छ । पहिलो त्रयमास शेयर कारोबारका हिसाबले केही तलमाथि भए पनि त्यति अत्यासलाग्दो स्थिति भने रहेन ।

पहिलो त्रयमासको अन्तिम समयमा परेको दसैं पर्वमा पनि त्यतिसारो चिन्तित हुनु नपर्ने गरि कारोबार भएको देख्न सकिन्छ । थोरै समयमा बढेको अत्याधिक पूँजीले बजारमा शेयर संख्या बढ्दा पनि त्यसलाई बजारले सहज रुपमा लिँदै गएको र बिस्तारै आफ्नो पथमा बजार आउँदै गरेको देख्न सकिन्छ ।

अब छिट्टै नै सुरु हुन लागेको स्वचालित विद्युतीय कारोबार प्रणालीले केही हदसम्म भए पनि कारोबारलाई विस्तार गर्न सक्ने सम्भावना रहेको छ । यद्यपि इन्टरनेटको सहज पहुँच पुग्न नसकेको हुँदा त्यति धेरै आशावादी हुन भने सकिन्न ।

 महँगो व्याण्डविड्थका कारण इन्टरनेट सेवा त्यति सहज हुन सकेको छैन ।

दसैं पर्व, त्रयमास समाप्ति, व्याजदरमा हुनसक्ने सम्भावित वृद्धिजस्ता जे(जस्तो परिस्थिति भए पनि दसैं र दोस्रो त्रयमासको पहिलो साता शेयर कारोबारमा उत्साह नै देखिएको मान्नुपर्छ ।

काठमाडौंबाट बाहिरिएकाहरु कारोबारमा फर्कने क्रमसँगै शेयर कारोबारमा आउने दिनमा सम्भावित वृद्धिको अपेक्षा राख्न सकिन्छ । कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले कार्तिक पहिलो साता पनि लाभांश घोषणा गर्न सकेनन् ।
तिहारमा वाणिज्य बैंकले खर्च दिन सक्ने सम्भावना सकिएको छ । मंसिरमा धान थन्क्याउने खर्च पाइने भो भन्ने बजारमा चलेको ठट्टा अब साँचो सावित हुने स्थिति बनेको छ ।
यस हप्ता र अघिल्लो हप्ताको कारोबार विवरण तालिकामा देखाइएको छ ।

रकमको हिसाबले उच्च कारोबार भएका कम्पनी निम्न रहेका छन्।

यस साता प्रभु बैंकको सबैभन्दा धेरै ६ लाख ७३ हजार कित्ता शेयर कारोबार भएर पहिलो भएको छ ।

त्यसपछि १० स्थानमा क्रमशः कुमारी, मेगा, एनआईसी एसिया, जनता, सिभिल, माछापुच्छ्रे, एनएमबी, सिद्धार्थ र सेन्चुरी रहेका छन् ।

कालिका पावर कम्पनीको २ हजार १७ वटा कारोबार भएर पहिलो र त्यसपछि क्रमशः पन्चकन्या माई हाइड्रोपावर, प्रभु बैंक, नाडेप लघुवित्त, मेगा बैंक, एनआईसी एसिया, एनएमबी बैंक, सिद्धार्थ बैंक, जनता बैंक र कुमारी बैंक रहेका छन् । दशौं स्थानमा रहेको कुमारी बैंकको ३ सय ७३ वटा कारोबार भएको थियो । 

साताको सूचीकरण 

सूचकको उतारचढाव

सम्पूर्ण कारोबार मापन गर्ने नेप्से सूचक पहिलो दिनको तुलनामा अन्तिम दिन ५ दशमलव ४१ अंकले घटेर बन्द भएको छ ्र पहिलो दिन १२ सय ४६ दशमलव ५२ कायम भएको नेप्से अन्तिम दिन १२ सय ४१ दशमलव ११ बिन्दुमा झरेर बन्द भएको छ ।

पहिलो दिनको तुलनामा दोस्रो र तेस्रो दिन घटेर बन्द भएको थियो भने चौथो दिन बढेर झन्डै १२ सय ५० को बिन्दुमा उक्लिएको थियो ्र तर यो बिन्दु अन्तिम दिन झन्डै ९ अंकले गिरावट आएको छ ।

बाणिज्य बैंक समूहको सूचक झन्डै ११ सय ७ विन्दुबाट ओर्लेर ११ सय १ मा झरेको छ ।

सबैभन्दा बढी पूँजी भएको नेपाल टेलिकम सुचिकृत रहेको अन्य समूहको सूचक पनि पहिलो दिनको तुलनामा झन्डै ६ अंकले झरेको छ ।

नयाँ शेयररहकप्रद

नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ्र किसान माइक्रोफ़ाइनान्सले हकप्रद जारी गर्ने प्रयोजनको लागि कार्तिक १३ गते बुक क्लोज गर्ने भएको छ ।

हिमालय उर्जा विकासको साधारण शेयर दोलखा जिल्लाका साविकका श्यामा, माली, शहरे, च्यामा र रामेछापका साविकका चुचुरे, ठोसे, रसनालु, बेताली, नामाडी र फुलासीबासीले मात्र आवेदन गर्न पाउनेछन् ।

घोषित लाभांश 

वाणिज्य बैंक समूहले लाभांश घोषणा गर्न नसके पनि अन्य कम्पनीले लाभांश घोषणा गरिरहेका छन् ।

कतिपय कम्पनीले साधारणसभा सम्पन्न गरि लाभांश वितरण समेत गरिसकेका छन् । घोषणा भएका तर साधारणसभा आव्हान नभएका कम्पनीको सूची तालिकामा दिइएको छ ।

साधारणसभा 

कम्पनीहरुले साधारणसभा समेत शुरु गर्न थालेका छन् । 

मनोनयन, नियुक्ति, राजीनामा

कालिका पावर कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । सहयोगी विकास बैंकका संचालक डा। जय हरिराज पाण्डेले राजीनामा गरेका छन् । आरएसडीसि लघुवित्तले रमा बस्याललाई स्वतन्त्र संचालकमा मनोनयन गरेको छ ।

फर्ष्ट माइक्रोफ़ाइनान्सको संस्थापक समूहको संचालकमा सुरेन्द्रराज रेग्मी ९ग्लोबल बैंकको तर्फबाट०, विवेकमानसिंह शाक्य ९देव विकास बैंकको तर्फबाट० र उमेश कटुवाल निर्विरोध निर्वाचित भएका छन् ।

संचालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी चयन भएका छन् । गुडविल फाइनान्सको संचालक जयकारप्रसाद गौचनले राजीनामा दिएका छन् । जेविल्स फाइनान्सले लक्ष्मीलाल नकर्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

नेपाल फाइनान्सले उद्धवराज थपलियालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । नाडेप लघुवित्तले उपेन्द्रबहादुर कार्कीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

मिर्मिरे लघुवित्तले बिर्खबहादुर बोहोरालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा चयन गरेको छ । 

अन्य गतिविधि 

धितोपत्र बार्डले विवादास्पद एभरेष्ट इन्सुरेन्सलाई संस्थापकतर्फ हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको छ । कम्पनीले साधारण शेयर धारण गरेका धारकलाई नै संस्थापक बनाउन १ सय ५ प्रतिशत हकप्रद शेयर बिक्री गर्नेछ ।

त्यस्तै बार्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरिरहेका बचतकर्ता र ऋणदाता संस्थाका कर्मचारीले मात्र आवेदन गर्न पाउने गरि प्राथमिक शेयर जारी गर्न अनुमति दिएको छ ।

चौतारी लघुवित्तले स्वीकृति पाएर पनि प्राथमिक शेयर जारी गरेको छैन । किसान माइक्रोफ़ाइनान्स र महुली लघुवित्तलाई हकप्रद बिक्री गर्न स्वीकृति दिएको छ ।

सिद्धार्थ बैंकले सिद्धार्थ बैंक ९१० दशमलव ५ प्रतिशत व्याज० ऋणपत्र २०८२ जारी गर्न बाेर्डसँग अनुमति मागेको छ । ऋणपत्रको रकम २ अर्ब रहेको छ । त्यस्तै बार्डले सानिमा बैंक ऋणपत्र २०८५ ९१० प्रतिशत वार्षिक ब्याज० लाई स्वीकृति दिएको छ ।  

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, शुभम पावर कम्पनी, रुरु जलविद्युत परियोजना, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, आशा लघुवित्त, स्पर्श लघुवित्त, भैरवकुण्ड हाइड्रोपावरले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ्र 

युनिलिभर नेपाल लिमिटेडको कर्पोरेट कार्यलय नयाँ बानेश्वरमा रहेके सीटी स्क्वायर बिल्डिङमा स्थानान्तर भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेप्सेले सूचीकृत कम्पनीको वर्गीकरण गरेको छ ।

विनियमावलीले कम्पनीलाई ए, बी, जी र जेड वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे बमोजिम वर्गीकरण गरेको हो । हाल ए र बी वर्गमा कुनै पनि कम्पनी पर्न सकेका छैनन् ।

ईक्रा नेपाल लिमिटेडले रुरु जलविद्युत परियोजनालाई ईक्रा एनपि ग्रेड ४ प्लस रेटिंग दिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया