असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - स्पेन यूईएफए नेसन्स लिग फुटबलको च्याम्पियन बनेको छ । क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।
गएराति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसके पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । स्पेनले सन् २०१२ मा युरो कपको उपाधि जितेयता कुनै उपाधि जित्न सकेको थिएन ।
स्पेनले सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्व कप र २००८ मा युरोकप गरी उपाधिमा ह्याट्रिक गरेको थियो । यस्तै, गएराति नै तेस्रो स्थानका लागि भएको खेलमा इटली विजयी भएको छ । नेदरल्यान्ड्सलाई ३–२ गोल अन्तरले हराउँदै इटलीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।