असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा ओमानले आयरल्यान्डमाथि ५ विकेटकाे कीर्तिमानी जित निकालेकाे छ । ओमानले एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट खेल्ने राष्ट्र आयरल्यान्डलाई पहिलो पटक हराएको हो ।
जिम्बावेकाे बुलावया एथ्लेटिक क्लबमा आयरल्यान्डले दिएकाे २ सय ८२ रनकाे लक्ष्य ओमानले ४८ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायाे । ओमानका लागि कश्यप प्रजापतिले ७६, कप्तान जेशान मक्सूदले ५९, अकिब इलियासले ५२ र माेहम्मद नदीमले नटआउट ४६ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जेशुवा लिटिल र मार्क एदरले २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनायाे । आयरल्यान्डका लागि जर्ज डाेकरेलले नटआउट ९१ र ह्यारी टेक्टरले ५२ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान र फैयज बटले २/२ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।