पोखरा प्रिमियर लिग : टस जितेर चितवनले बुटवललाई दियो ब्याटिङको निम्तो

 कात्तिक १०, २०७५ शनिबार ८:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग अन्तर्गत आज चितवन राहिनोज र बुटवल ब्लास्टर्सबीच खेल हुँदैछ । 

नौ बजेदेखि सुरु हुने खेलमा चितवनले टस जितेर बुटवललाई ब्याटिङको निम्तो दिएको छ । यो खेललाई नेपाल राष्ट्रिय टिमका कप्तान पारस खड्का र अलराउण्डर सोमपाल कामीबीचको भिडन्तका रुपमा पनि लिइएको छ ।

चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल पनि ओपनर बलर तथा अलराउण्डर सोमपाल कामीको कप्तानीमा रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया