पोखरा प्रिमियर लिग: साेमपालकाे शानदार बलिङ, बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले हरायाे

 कात्तिक १०, २०७५ शनिबार १३:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा - पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनायो । निकै खराब सुरुवात गरेको बुटवलले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । उसका विदेशी खेलाडी चिराग सुरी मात्र एक रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका अर्का विदेशी खेलाडी रोहन मुस्तफा खाता खोल्न नपाउँदै आउट भएपछि दुई रनमा दोस्रो विकेट खेर गयाे । त्यसको लगत्तै भिम सार्की दुई रनमा आउट भएपछि बुटवलले १० रनमा तेस्रो विकेट गुमाउन पुग्यो ।

तर चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले ।

सागर ४६ रनमा पेभेलियन फर्किएपछि बुटवलले ७८ रनमा चौथो विकेट गुमाउन पुग्यो । त्यसपछि शंकर राना ४८ रनमा आउट हुँदा बुटवलले एक सय २८ रनमा पाँचौ विकेट गुमायो । शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

जवाफमा सोमपालको उत्कृष्ट बलिङका कारण चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो । पारस खड्काको कप्तानीमा रहेको चितवनको सुरुवात पनि निकै खराब रह्यो ।

उसका लागि पारसको १० रन नै सर्वाधिक स्कोर रह्यो । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको उसले १९ रन बनाउँदा ५ विकेट खेर फालेको थियो ।

उसका तीन खेलाडीले खाता खोल्न सकेनन । सोनु तामाङ अनिलकुमार शाह र आरिफ शेख शून्य रनमा आउट भए भने कप्तान पारस खड्का १० रनमा अाउट भए । समित पटेलले दुई रन बनाए ।

त्यसपछि सन्नी पटेलपनि नौ रनमा आउट भएपछि २१ रनमा ६ विकेट झर्यो । बुटवलका बलरसामू नीरिह देखिएको चितवनले २७ रन बनाउँदा ८ विकेट झर्यो ।

करण केसी सात रनमा आउट हुँदा हरिशंकर शाह एक रनमा पेभेलियन फर्किए । बलिङतर्फ सोमपाल कामीले चार तथा ललित भण्डारीले दुई विकेट लिए । यस्तै रोहन मुस्तफाले एक विकेट हात पारे ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया