असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटअन्तर्गत समूह 'बी' बाट पनि 'सुपर सिक्स' मा पुग्ने टोलीको टुङ्गो लागेको छ ।
आज आइतवार भएको खेलमा श्रीलङ्काले आयरल्यान्डलाई १ सय ३३ रनले हराएसँगै समूह 'बी' बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमानले 'सुपर सिक्स' मा स्थान बनाएका छन् । समूह 'ए' बाट हिजो शनिवार नै वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स 'सुपर सिक्स' मा पुगिसकेका छन् । आजै भएकाे अर्को खेलमा स्कटल्यान्डले ओमानलाई ७६ रनले हराएको छ ।
आजकाे खेलसँगै जिम्बावेमा भइरहेकाे आईसीसी एकदिवसीय विश्व कप छनोटमा 'प्लेअफ' खेल्ने चार वटा टोलीको टुङ्गो लागेको छ । समूह 'ए' बाट नेपाल र अमेरिका तथा समूह 'बी' बाट आयरल्यान्ड र यूएईले प्लेअफ खेल्ने भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।