साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान खेल्दै

 असार १२, २०८० मंगलबार ११:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल भारतको बेङ्ग्लोरमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । नेपाल र पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तान समान २ खेलमा अङ्कविहीन छन् । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । त्यस्तै, पाकिस्तान पनि भारत र कुवेतसँग पराजित भएको थियो ।

समूह ‘ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया