नेपालले विश्वकप छनाेटकाे 'प्लेअफ' मा यूएईसँग खेल्ने

 असार १२, २०८० मंगलबार २०:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालले आईसीसी विश्वकप छनोटको 'प्लेअफ' मा यूएईसँग खेल्ने भएको छ । 

जिम्बावेमा भइरहेकाे समूह चरणको अन्तिम खेलमा यूएई आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि 'प्लेअफ' मा नेपालसँग खेल्ने भएको छ । खेल जुलाई २ मा हुनेछ । 

मङ्गलवार आइरल्यान्डले दिएकाे ३ सय ५० रनकाे विशाल लक्ष्य पछ्याएकाे यूएई ३९ ओभरमा २ सय ११ रनमा अलआउट भयाे । यूएईका कप्तान मुहम्मद वसीमले ४५, सञ्चित शर्माले ४४ र बसिल हमीदले ३९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुआ लिटिल, एन्डी म्याक्ब्राइन, जर्ज डाकरेल र कर्टिस क्याम्फेरले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४९ रन बनायाे । आयरल्यान्डका पउल स्टर्लिङले १ सय ६२ रन बनाए । यस्तै एन्ड्रियु बलबिर्नेले ६६ र हेरी टेक्टरले ५७ रन बनाए । बलिङतर्फ यूएईका सञ्चित शर्माले ३ विकेट लिए । 

आयरल्यान्डले विश्वकप छनाेटमा पहिलाे जित निकाल्दा यूएई भने जितविहीन भएकाे छ । आयरल्यान्ड समूह 'बी' काे चाैथाे र यूएई पाँचाैँ स्थानमा रह्याे । 

यस्तै यूएईलाई हराएकाे आयरल्यान्डले अमेरिकासँग जुन ३० मा 'प्लेअफ' खेल्ने छ । याे दुई खेलकाे विजेताले सातौँ स्थानका लागि खेल्नेछ भने पराजित दुई टाेलीले नवौँ स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् । 

समूह 'ए' बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो स्थानमा रहँदै 'सुपर सिक्स' मा पुगेका छन् । यस्तै समूह 'बी' बाट श्रीलङ्का शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै 'सुपर सिक्स' मा पुगेका छन् । 'सुपर सिक्स' का शीर्ष दुई टोलीले आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया