असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - आईसीसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली जिम्बावेले ओमानलाई १४ रनले हराएको छ । लगातार पाँच जितसहित जिम्बावे आउँदो अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्व कप नजिक पुगेको छ ।
हिजो भएको खेलमा जितका लागि ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १८ रन बनायो । ओमानका युवा ओपनर कश्याप प्रजापतिले १ सय ३ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।
जिम्बावेका टेन्डाई चतरा र ब्लेसिङ मुर्जाबानीले समान ३, रिचर्ड नगारावाले २ तथा सिकन्दर राजाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली जिम्बावले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३२ रन बनाएको थियो ।
जिम्बावेका सन विलियम्सले १ सय ४२ रनको शतकीय पारी खेले । ओमानका फैयाज बटले सर्वाधिक ४ विकेट लिए । बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले समान एक विकेट लिए ।
सुपर सिक्सको खेलमा आज श्रीलंका र नेदरल्यान्ड्स तथा प्ले अफमा आयरल्यान्ड र अमेरिका खेल्दैछन् । नेपालले प्लेअफ खेलमा पर्सि आइतवार यूएईसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।