श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियाे २ सय १४ रनकाे लक्ष्य

 असार १५, २०८० शुक्रबार १६:४३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको 'सुपर सिक्स' खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २ सय १४ रनकाे लक्ष्य दिएकाे छ ।

जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का ४७ ओभर ४ बलमा २ सय १३ रनमा अलआउट भयाे । श्रीलङ्काका धनञ्जय डी सिल्भाले सर्वाधिक ९३ रन र दिमुथ करुनारत्नेले ३३ रन बनाए । १३१ रन बनाउँदा ७ विकेट गुमाएकाे अवस्थामा श्रीलङ्काका धनञ्जय र महेश थिक्सेनाले आठाैँ विकेटका लागि ७७ रनकाे साझेदारी गर्दै टाेलीलाई सम्हालेका थिए । बलिङतर्फ नेदरल्यान्ड्सका लाेगन भान वीक र बास डी लिडेले ३/३ विकेट लिए ।

श्रीलङ्काले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Padam singjali

    June 30, 2023, 4:53 p.m.

    नेदरल्यान्ड ले होला नि ब्याटिङ गर्ने

  •  0 Reply

तपाईको प्रतिक्रिया