असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोटको 'सुपर सिक्स' मा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २१ रनले हराएकाे छ ।
श्रीलङ्काले दिएकाे २ सय १४ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदा अलआउट भयाे । नेदरल्यान्ड्सका कप्तान तथा विकेटकिपर स्कट एडवार्ड्सले नटआउट ६७, वेस्ली ब्यारेसीले ५२ र बास दी लिडेले ४१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए ।
यसअघि जिम्बावेकाे क्विन्स स्पाेर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का ४७ ओभर ४ बलमा २ सय १३ रनमा अलआउट भयाे । श्रीलङ्काका धनञ्जय डी सिल्भाले सर्वाधिक ९३ रन र दिमुथ करुनारत्नेले ३३ रन बनाए । १३१ रन बनाउँदा ७ विकेट गुमाएकाे अवस्थामा श्रीलङ्काका धनञ्जय र महेश थिक्सेनाले आठाैँ विकेटका लागि ७७ रनकाे साझेदारी गर्दै टाेलीलाई सम्हालेका थिए । बलिङतर्फ नेदरल्यान्ड्सका लाेगन भान वीक र बास डी लिडेले ३/३ विकेट लिए ।
याे जितसँगै 'सुपर सिक्स' काे तालिकामा श्रीलङ्का ३ खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । याे जितले श्रीलङ्काले विश्वकप खेल्ने सम्भावना उच्च भएकाे छ । यस्तै जिम्बावे दाेस्राे स्थानमा छ । 'सुपर सिक्स' का शीर्ष दुई टोलीले आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।