साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुग्न आज कुवेत र बंगलादेश तथा भारत र लेबनान खेल्दै

 असार १६, २०८० शनिबार ७:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा आज कुवेत र बंगलादेश तथा भारत र लेबनान खेल्दै छन् । पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेशबीचको खेल दिउँसो सवा ३ बजे तथा दोस्रो सेमिफाइनलमा घरेलु टोली भारत र लेवनानबिच बेलुका पौने ८ बजे खेल हुनेछ ।

गोलअन्तरका आधारमा कुवेत समूह ‘ए’ को विजेता तथा भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह ‘बी’ बाट लेबनान विजेता र बंगलादेश उपविजेता बनेर सेमिफाइनल खेल्न लागेको हो । सन् २००९ पछि बंगलादेश पहिलो पटक साफ च्याम्पियनशिपको अन्तिम चारमा पुग्न सफल भएको हो । साफ च्याम्पियनशिप भारतको बेंग्लोरमा चलिरहेको छ । फाइनल खेल जुलाई ४ तारिख अर्थात् आउँदो असार १९ गते हुनेछ ।
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया