विश्व कप छनोटकाे अन्तिम खेलमा नेपालले आज आयरल्यान्डसँग खेल्दै

 असार १९, २०८० मंगलबार ६:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोटको अन्तिम खेलमा नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

नेपालले सातौँ स्थानका लागि अस्ति भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन् ।

नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेको तेस्रो खेल पनि हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ । नेपाल विश्व कप छनोटमा समूह ’ए’ बाट ४ खेलमा ३ मा हार र एकमा जितसहित चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्ससँग ७ विकेटले हारेपछि ’सुपर सिक्स’ मा पुग्न सकेको थिएन । ‘सुपर सिक्स’ का शीर्ष दुई टोलीले आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया