कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्टइण्डिज विजयी भएको छ ।
तेस्रो एकदिवसीय खेलमा वेष्टइण्डिजले भारतलाई ४३ रनले पराजित गरेको हो । २८४ रनको लक्ष्यसहित मैदान ओर्लेको घरेलु टोली भारत ४७ दशमलव ४ ओभरमा २४० रनमै समेटियो । उसका लागि कप्तान विराट कोहलीले १०७ रन बनाए । कोहलीको यस शृंखलाको लगातार तीन खेलमा लगातार तेस्रो शतक हो । बलिङतर्फ वेष्टइण्डिजका मार्लुन स्यामुयल्सले ३ तथा जेसन होल्डर, ओबेड मेकोय र एस्ले नर्सले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित पचास ओभरमा ९ विकेट गुमाएर २८३ रन बनाएको थियो । एक समय ५५ रनमा तीन तथा १२१ रनमा ५ विकेटको स्थितीमा रहेको वेष्टइण्डिजको इनिङ साई होप र एस्ले नर्सले सम्हालेका थिए । सार्इ हाेप ९५ रनमा पेभेलियन फर्के भने नर्सले ४० रन जोडे । त्यस्तै सिमरोन हेट्मायरले ३७ तथा कप्तान जेसन होल्डरले ३२ रन बनाए ।
बलिङमा भारतका जसप्रित बुम्राहले चार विकेट लिए । यससँगै पाँच एकदिवसीय क्रिकेट खेलको शृंखला एक–एकको बराबरी भएको छ । पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । शृंखला अन्तर्गत चौथो खेल साेमबार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।