कर्णाली प्रदेश सभाको बैठक आइतबार पनि बस्न सकेन, कार्तिक १३ गतेसम्म स्थगित

 कात्तिक ११, २०७५ आइतबार १७:०:० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक आज अाइतबार बस्न नसकेर कार्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ । 

आइतबार दिउँसो १ बजे बस्ने भनेर बोलाइएको बैठक नबसेर स्थगित भएको हो । 

संसद सचिवालयले प्राविधिक कारण देखाउँदै सुचना टाँसेर बैठक कार्तिक १३ गते मंगलबारसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

गएको असोज २३ गते झण्डै दुई महिनापछि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले रातो किताब उपलब्ध नगराएको, प्रदेश सभा सदस्यहरुको सेवासुविधासम्बन्धी विधेयकलगायतका महत्वपूर्ण विधेयकहरु नल्याएको, सरकार आफ्नै शैलीमा अघि बढेको भन्दै अवरुद्ध गरेका थिए ।

त्यसयता पटक पटक बैठक बोलाइए पनि बैठक बस्न सकेको छैन । 

नेपाली कांग्रेसका सांसद यज्ञ विसीले सरकारले आफूहरुले राखेका मागहरु पूरा नगरेसम्म प्रदेश सभा बैठक चल्न नदिने बताउनुभयो । उहाँले सरकारले रातो किताब अहिलेसम्म उपलब्ध नगराएको भन्दै पहिला रातो किताब उपलब्ध गराए मात्र प्रदेश सभा बैठक चल्न दिने बताउनुभयो ।

‘अहिले पनि हामीले यसै विषयमा अनौपचारिक रुपमा छलफल गरिरहेका छौँ । आजको बैठकमा पनि रातो किताब उपलब्ध नगराउने लक्षण देखिएपछि पर्सिसम्मका लागि स्थगित भएको हो’ उहाँले भन्नुभयो, ‘पर्सिसम्म पनि रातो किताब र हामीलाई जवाफ नदिएसम्म हामी प्रदेश सभाको बैठक चल्न दिदैनौँ । ’ 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया