राष्ट्रपतिकाे हातमा अाईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी

 कात्तिक ११, २०७५ आइतबार १९:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - विश्व भ्रमणका क्रममा नेपाल ल्याइएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति भवन पुर्‍याइएको छ । 

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकप ट्रफी उचाल्नुभएकाे छ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिकहाँ ट्रफी पुर्‍याइएको हो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा लगिने भनिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण स्थगित गरिएको थियो । 

शुक्रबार नेपाल ल्याइएको यो ट्रफी त्यसैदिन साँझ स्वयम्भूमा राखिएको थियो भने शनिबार पोखरा रंगशालामा प्रदर्शन गरिएको थियो । आइतबार बिहान यो ट्रफी चन्द्रागिरी पुर्‍याइएको थियो जहाँ फरक फरक कोणबाट फोटोसेसन गरिएको थियो ।

 विश्वकप ट्रफी भोलि सोमबार विश्व सम्पदा बसन्तपुर क्षेत्रमा सर्वसाधारणको प्रदर्शनीका लागि राखिनेछ ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया