स्पेनिस ला लिगा: गेटाफेले रियल बेटिसलार्इ दुर्इ शून्यले हरायाे

 कात्तिक ११, २०७५ आइतबार २०:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा गेटाफेले रियल बेटिसविरुद्ध २–० गोलअन्तरको जित हात पारेकाे छ । 

घरेलु मैदानमा शानदार प्रदर्शन गरेको गेटाफे लिग अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । उसको १० खेलबाट १५ अंक भएको छ । 

पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा गेटाफेले गोल गर्न सफल भयो । ६०औं मिनेटमा एंगेल रोड्रिग्वेजको पासमा जर्ज मोलिनाले गोल गरेका थिए ।

त्यसको २ मिनेटपछि नै दिमित्री फेलक्वेयरले गोल गरेपछि गेटाफेले २–० को अग्रता लियो । बाँकी समयमा गोल हुन सकेन र १२ हजार घरेलु समर्थकलाई खुसी तुल्याउँदै गेटाफे विजयी भयो ।
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया