अल्काराजलाई पहिलोपटक विम्बल्डनको उपाधि : साविक विजेता जोकोभिच पराजित

 साउन १, २०८० सोमबार ९:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् ।

साविक विजेता नोभाक जोकोभिच फाइनलमा अल्काराजसँग पराजित भएका हुन् । विश्व नम्बर–१ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् ।

२० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौँ सेटमा जिते । पहिलो सेट ६–१ ले गुमाएका अल्कराजले दोस्रो र तेस्रो सेटमा ७–६ र ६–१ को जित निकाले । तर चौथो सेटमा जोकोभिच ६–३ ले विजयी भए । पाँचौँ सेटमा अल्काराज ६–४ ले विजयी हुँदै उपाधि जित्न सफल भए ।

जितसँगै अल्काराजले आफ्नो शीर्ष वरीयता पनि कायम राखेका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया