इमर्जिङ कप : उपाधि जित्न पाकिस्तानले भारतलाई दियाे ३ सय ५३ रनकाे लक्ष्य

 साउन ७, २०८० आइतबार १८:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पाकिस्तान 'ए' ले भारत 'ए' लाई ३ सय ३ सय ५३ रनकाे विशाल लक्ष्य दिएकाे छ । 

काेलम्बाेमा टस हारेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनायाे । पाकिस्तानका तय्यब ताहिरले सानदार शतक बनाए । उनी ७१ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै शाहिबजादा फरहानले ६५ र सईम अयुबले ५९ रन बनाए । बलिङतर्फ भारतका आरएस हङ्गरगेकार र रियान परागले २/२ विकेट लिए । 

भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया