असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – जमैकालाई हराउँदै कोलम्बिया फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
आज मङ्गलवार अस्ट्रेलियाको मेलबर्न रेक्टेङ्गुलर स्टेडियममा भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हरायो । कोलम्बियाका लागि ५१ औँ मिनेटमा क्याटालिन युस्मीले गोल गरिन् । क्वाटरफाइनलमा कोलम्बियाले इङ्ग्ल्यान्डसँग खेल्नेछ ।
यस्तै आजै दोस्रो खेलमा बेलुका पौने ५ बजे फ्रान्स र मोरक्को खेल्दैछन् । याे खेलबाट अन्तिम ८ मा पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ । आयोजक अस्ट्रेलियासहित इङ्ग्ल्यान्ड, स्विडेन, नेदरल्यान्ड्स, जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।