कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
ओलम्पिक खेलकूदका लागि छनोट खेलको तयारीमा रहेको नेपाली महिला फुटबल टाेली अहिले चीनमा अभ्यास खेलमा व्यस्त छ ।
चीन बसाईका क्रममा तीन वटा अभ्यास खेल तय भएकोमा नेपालले मंगलबार र बुधबार गरी २ वटा अभ्यास खेल खेलेको छ । पहिलो खेलमा बेइजिङ फोनिक्ससँग पराजित भएको नेपाल बुधबारको खेलमा भने विजयी भएको छ । नेपाली महिला टिमले बेइजिङ युनिभर्सिटीको महिला टिमलाई ३–० ले पराजित गरेको थियो ।
नेपालका लागि सावित्रा भण्डारी, इन्दिरा राई र दीपा न्यौपानेले एक एक गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको नेपालले बाँकी दुई गोल दोस्रो हाफमा गरेको थियो ।
१६औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यसैगरी ५५औं मिनेटमा दीपा न्यौपानेले नेपालका लागि दोस्राे गोल गर्दा ८२औं मिनेटमा इन्दिरा राईले तेस्रो गोल गरेकी थिइन् ।
नेपालले बुधबार अन्तिम अभ्यास खेलमा बेइजिङ फोनिक्ससँग प्रतिस्पर्धा गर्ने छ ।
अभ्यास खेलपछि नेपाली महिला टिम उतैबाट छनोट खेल्न म्यानमार प्रस्थान गर्ने छ । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा घरेलु टोली म्यानमार र १३ मा बंगलादेशसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।