विश्वकपअघि स्टाेक्सले सन्न्यास फिर्ता लिए

 साउन ३१, २०८० बुधबार १७:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – इङ्ग्ल्यान्डका अलराउन्डर बेस स्टाेक्सले एकदिवसीय क्रिकेटबाट लिएकाे सन्न्यास फिर्ता लिएका छन् ।

३२ वर्षीय स्टोक्सले गएकाे वर्ष जुलाईमा एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका थिए । तर इङ्ग्ल्यान्डले विश्वकप उपाधि रक्षा गर्ने लक्ष्यसहित स्टाेक्सलाई सन्न्यास फिर्ता लिन आग्रह गरेपछि उनी अर्काे महिना न्युजिल्यान्डसँग हुने ४ खेलकाे एकदिवसीय शृङ्खलाका लागि टाेलीमा फर्किएका हुन् । योसँगै स्टाेक्सले आउँदाे अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने पक्का भएको छ ।

स्टोक्सले टेस्ट र टी–२० क्रिकेटबाट भने सन्न्यास लिएका थिएनन् । उनी इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान पनि हुन् ।

इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जिताउन पनि स्टोक्सले महत्त्वपूर्ण पारी खेलेकाे थिए । न्युजिल्यान्डसँगकाे फाइनल खेलमा उनले नटआउट ८४ रन बनाएका थिए ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया