पीपीएल : बुटवललाई हराउँदै विराटनगरले हात पार्‍याे पहिलो जित

 कात्तिक १४, २०७५ बुधबार १७:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा विराटनगर टाइटन्सले पहिलो जित निकालेको छ । 

लगातार ३ खेल गुमाएको विराटनगरले बुधबार भएको खेलमा बुटवल बलास्टर्सलाई १२ रनले पराजित गर्दै आफूलाई प्रतियोगितामा टिकाइरहन सफल भएको हो । १४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । 

राम्रो सुरुवात गरेको बुटवलका मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन् । यसैगरी अन्तिम ओभरमा किशोर महतोले मेडन विकेट ओभर राखेपछि बुटवलविरुद्ध १२ रनको जित विराटनगरले निकाल्न सफल भयो । 

बुटवलका लागि भीम सार्की (५०) र सिद्धान्त लोहनी (१५) रनमा रनआउट हुनु नै दुर्भाग्य बन्यो । यसैगरी सागर पुनले २९ तथा शंकर रानाले २३ रन बनाएका थिए । 
बुटवलविरुद्ध कसिलो बलिङ गरेको किशोर महतोले र सन्दीप लामिछानले २–२ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको रहेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो । 

विराटनगरका लागि मोहम्मद जइद आलमले ७२ रन बनाए । ४५ बल खेलेका आलमले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यसैगरी प्रदीप ऐरीले ४१ रन बनाउँदा राजु रिजालले ८ रन जोडे ।

अन्य ब्याट्सम्यानले दोहोरा अंकमा रन बनाउन नसक्दा कप्तान लामिछाने १ रनमा रनआउट भएका थिए । बुटवलका लागि ललित भण्डारीले २ विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया