कारबाओ कप फुटबल प्रतियोगिताकाे क्वार्टरफाइनलमा आर्सनल र टोटनह्याम भिड्ने

 कात्तिक १५, २०७५ बिहीबार ७:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डमा भैरहेकाे कारबाओ कप फुटबल प्रतियोगिताकाे क्वाटरफाइनलमा आर्सनल र टोटनह्याम भिड्ने भएका छन् ।

बुधबार राति भएको खेलमा टोटनह्यामले वेष्टह्यामलाई तीन एकले हरायो । उसको जितमा कोरियन खेलाडी सन हुङ मिङले दुई गोल गरे । खेलको १६ औं मिनेटमा मिङको गोल मार्फत टोटनह्यामले खेलमा अग्रता बनायो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको टोटनह्यामका लागि ५४ औं मिनेटमा पुनः मिङले नै गोल गर्दै अन्तर दुई शुन्यमा पुर्‍याए । ७१ औं मिनेटमा वेष्टह्यामका पेरेजले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्‍याएका थिए ।

तर लोरिन्टेले ७५ औं मिनेटमा टोटनह्यामका लागि गोल गर्दै टिमलाई क्वाटरफाइनलमा पुर्‍याए ।क्वाटरफाइनलमा टोटनह्यामले आर्सनलसँग खेल्नेछ ।

आर्सनलले लिग वन क्लव ब्ल्याकपुललाई दुई एक गोलले हरायो । पुरै खेलमा दुबै टिम १० खेलाडीमा झरेका थिए । प्रतिस्पर्धात्मक खेलको ३३ औं मिनेटमा स्टेफेन लेच्टाइनरले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

त्यसपछि ५० औं मिनेटमा स्मिथ रोवीले आर्सनलको अग्रता दुई शुन्यमा पुर्‍याए । तर ५६ औं मिनेटमा गुइन्डोजी दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीएपछि आर्सनल १० खेलाडीमा झर्‍याे ।

त्यसको फाइदा लिदै ब्ल्याकपुलले ६६ औं मिनेटमा एक गोल फर्काएको थियो । तर ८४ औं मिनेटमा पाउडी ओकोनोरले रातोकार्ड पाएपछि ब्ल्याकपुल पनि १० खेलाडीमा झर्यो । त्यसपछि दुबै टिमबाट गोल भएन र आर्सनलले क्वाटरफाइनलमा स्थान बनायो ।

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया