बाबर आजम भन्छन्– ‘पाकिस्तानले नेपाललाई हल्का रूपमा लिने छैन’

 भदौ १२, २०८० मंगलबार २०:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेकाे बताएका छन् ।

खेलअघिकाे प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेकाे बताउँदै त्याे राम्राे प्रतियाेगिता हुने बताएका हुन् । एसिया कपमा छनाेट भएकाेमा नेपाललाई बधाई पनि दिँदै उनले भने, ‘एसिया कपमा छनोट भएकोमा नेपाललाई बधाई दिन चाहन्छु । हामी नेपालसँग खेल्न आतुर छौँ र याे राम्राे प्रतियाेगिता हुनेमा म विश्वस्त छु ।’

एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेकाे टाेलीका लागि थप दबाब छ कि छैन भन्नेबारे कप्तान बाबरले भने, ‘म दबाब छ भन्न चाहन्न । हामी थप आत्मविश्वासका साथ याे प्रतियोगिता खेल्छाैँ । यस टोलीले पछिल्ला केही वर्षहरूमा धेरै मेहनत र प्रयास गरेको छ र हामीले शीर्ष स्थान हासिल गर्नु यसको प्रमाण हो ।’

‘हामी नेपालसँगको भोलिको खेलमा केन्द्रित छौँ । नेपालसँग राम्रा खेलाडीहरू छन्, त्यसैले हामी उनीहरूलाई हल्का रूपमा लिइरहेका छैनौँ र हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ’, बाबरले भने ।

१६ औँ संस्करणकाे एसिया कप भोलि बुधवारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५ औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया