यू–१५ साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपालको लज्जास्पद हार, सेमिफाइनलबाटै बाहिरियो

 कात्तिक १५, २०७५ बिहीबार १७:२:१० | उज्यालो सहकर्मी

काठमाडौंं – साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइलनबाट बाहिरिएको छ । नेपालले उपाधिको दावेदार पाकिस्तानसँग ४–० को लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । उपाधिको दावेदार टिम पाकिस्तानविरुद्ध नेपालले सुरुवातदेखि नै केही रक्षात्मक खेल खेलेको थियो । त्यसो त नेपालले दुई वटा अवसर पाए पनि सदुपयोग गर्न सकेन । त्यसको विपरित पाकिस्तानको अग्रपंक्तिलाई नेपाली डिफेन्डरले रोक्न सफल भए । तर दोस्रो हाफमा पाकिस्तान नेपालमाथि पूर्ण रुपमा हावी भयो ।

५४ औं मिनेटमा पाकिस्तानले उपहार गोलमार्फत खेलमा अग्रता बनायो । पाकिस्तानको प्रहारलाई रोक्ने क्रममा नेपालका जान लिम्बूले आफ्नै पोष्टमा गोल गर्न पुगे । त्यसपछि पाकिस्तानले ५८ औं मिनेटमा पेनाल्टीको अवसर पायो । नेपाली खेलाडीले पाकिस्तानका मुदस्सर नाजरलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई मोहिब उल्लाहले गोलमा परिणत गर्दै अन्तर दुई–शून्यमा पुर्याए । दुई गोलले पछि परेको नेपालले ६८ औं मिनेटमा फेरि अर्को पेनाल्टीको अवसर दियो ।

पाकिस्तानका अग्रपक्तिका खेलाडी इफ्तिकार अहमदलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई पुनः मोहिब उल्लाहले गोलमा परिणत गरे । तीन गोलले पछि परेपछि पूरै तालमेल गुमाएको नेपालले ७६ औं मिनेटमा चौथो गोल खायो । पाकिस्तानका मुदस्सर नाजरले चौथो गोल गर्न सफल भए ।

त्यसपछि नेपाल खेलमा फर्कन सकेन र पराजित भयो । अब उपाधिका लागि पाकिस्तानले बंगलादेशसँग खेल्नेछ । बंगलादेशले भारतविरुद्ध टाइब्रेकरमा चार–दुई गोलको जित निकाल्दै फाइनलमा पुगिसकेको छ ।
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया