गभर्नर्स गोल्डकप : एटीकेविरुद्ध गोलको वर्षा गर्दै मनाङ मर्स्याङ्दी फाइनलमा

 कात्तिक १५, २०७५ बिहीबार १७:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाङ मर्स्याङ्दी क्लब भुटानमा जारी गभर्नर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मनाङले एटीके रिजर्भ्समाथि ६–२ को भारी जित निकाल्दै उपाधि नजिक पुगेको हो । खेलको सुरुवातदेखि नै गोलको वर्षा सुरु गरेको मनाङले आठौं मिनेटमा अञ्जन विष्टको गोलमार्फत अग्रता बनायो ।

त्यसपछि ४३ औं मिनेटमा डोना थापाले टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एटीकेले एक गोल फर्काएको थियो । दुई गोल गरेको मनाङले दोस्रो हाफमा चार गोल गर्यो । ५३ औं मिनेटमा डोनाले तेस्रो गोल गरे ।

७६ औं मिनेटमा रिजर्भ्सका विमल रानाले चौथो गोल गरे । त्यसपछि ८३ औं मिनेटमा डोनाले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ८५ औं मिनेटमा सुजल श्रेष्ठको गोल मार्फत मनाङले अन्तर ६–१ मा पुर्यायो । तर अन्तिममा एटीकेले खेलमा एक गोल फर्काएको थियो ।
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया