पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लाग्यो : सोमपाल कामी

 भदौ २१, २०८० बिहीबार १७:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले एसिया कपमा राम्रो अनुभव बटुल्न पाएको बताएका छन् ।

आज बिहीवार इन्स्पायर नोबल फाउन्डेशनले आयाेजना गरेकाे कार्यक्रममा साेमपालले यस्ताे प्रतिक्रिया दिएका हुन् । उनले पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेकाे बताए । पाकिस्तानसँगकाे खेलमा साेचेजस्ताे प्रदर्शन हुन नसकेकाे भन्दै साेमपालले अर्काे पटक खेल्दा राम्राे नतिजा दिने विश्वास व्यक्त गरे ।

यस्तै राष्ट्रिय क्रिकेट टाेलीका ओपनर ब्याटर कुशल भुर्तेलले एसिया कप खेल्नुभन्दा पनि एसिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताए । भारतलाई टीभीमा हेरेर आफूहरूले क्रिकेट सिकेको बताउँदै उनले आफू भारतसँग खेल्न आतुर रहेको बताए । पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको उनकाे भनाइ छ ।

पहिलाे पटक एसिया कप क्रिकेट खेलेकाे नेपाल पहिलाे खेलमा पाकिस्तानसँग २ सय ३८ रन र दाेस्राे खेलमा भारतसँग १० विकेटले पराजित भएकाे थियाे । तर हारका बाबजुद पनि नेपालले उत्कृष्ट खेलको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया