अञ्जन विष्ट पेनाल्टीमा चुके, नेपाल म्यानमारसँग बराबरीमा राेकियाे

 भदौ २२, २०८० शुक्रबार १८:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र म्यानमारबीचकाे पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गाेलरहित बराबरीमा सकिएकाे छ ।

आज शुक्रवार म्यानमारकाे थुवुन्ना रङ्गशालामा भएकाे खेल गाेलरहित बराबरीमा सकिएकाे हाे । नेपालले खेलकाे ५८ औँ मिनेटमा पेनाल्टी पाएकाे थियाे तर अञ्जन विष्टले गाेल गर्न सकेनन् । पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले बल राेक्ने क्रममा 'ह्यान्ड' बल भएपछि नेपालले पेनाल्टी पाएको थियो । खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल गर्न भने सकेनन् ।

नेपाल र म्यानमारबीचकाे अर्काे मैत्रीपूर्ण फुटबल सेप्टेम्बर ११ तारिखमा यही रङ्गशालामा हुनेछ । यसअघि नेपाल र म्यानमारबीच २ पटक भेट भएकाेमा दुवै खेल म्यानमारले जितेकाे थियाे ।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा १५ औँ स्थान माथि छ । नेपाल १ सय ७५ औँ स्थानमा छ भने म्यानमार १ सय ६० औँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया