असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतका स्टार ब्याटर विराट काेहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे १३ हजार रन बनाउने क्रिकेटर बनेका छन् ।
एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा पाकिस्तानसँगकाे खेलमा काेहलीले याे कीर्तिमान बनाएका हुन् । काेहलीले २ सय ६७ पारीमा १३ हजार रन पूरा गरेका हुन् । काेहलीले भारतकै पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई पछि पारेका हुन् । सचिनले ३ सय २१ पारीमा १३ हजार रन बनाएका थिए । यस्तै अस्ट्रेलियाका पूर्वक्रिकेटर रिकी पाेन्टिङले ३ सय ४१, श्रीलङ्काका पूर्वक्रिकेटर कुमार साङ्गाकाराले ३ सय ६३ र श्रीलङ्काकै पूर्वक्रिकेटर सनथ जयसूर्याले ४ सय १६ पारीमा १३ हजार रन पूरा गरेका थिए ।
यस्तै काेहली एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीकाे पाँचाैँ स्थानमा उक्लिएका छन् । आजकाे खेलमा नटआउट १ सय २२ रन बनाएका काेहलीकाे एकदिवसीयमा १३ हजार २४ रन पुगेकाे छ ।एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउनेमा सचिन तेन्दुलकर छन् । सचिनले एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका छन् । यस्तै कुमार साङ्गाकाराले १४ हजार २ सय ३४, रिकी पाेन्टिङले १३ हजार ७ सय ४ र सनथ जयसूर्याले १३ हजार ४ सय ३० रन बनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।