पीपीएल : पोखराविरूद्द धनगढीको दुई विकेटको रोमाञ्चक जित

 कात्तिक १६, २०७५ शुक्रबार १३:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन विरूद्द धनगढी ब्लुजले दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । जितसँगै धनगढीले शीर्ष तीनमा पुग्ने संभावना कायमै राखेको छ । १४५ रनको लक्ष्य पछ्याएको धनगढीलाई जिताउन दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेका थिए ।

२६ बल खेलेका दीपेन्द्रले ४ छक्का र ४ चौकासहित ४९ रनमा नट आउट रहे । यसैगरी पिटर टे«गोले  ५३ तथा सुवेन्दु पाण्डेले २२ रन जोडेका थिए ।  बलिङतर्फ रासिद खानले चार तथा ललित राजंवशी र विक्रम भुसालले दुई दुई विकेट लिए ।

त्यसअघि घरेलु टोली पोखरा पल्टनले टस जितेर पहिला ब्याटिङ गर्दै ८ विकेटको नोक्सानीमा १४४ रन बनाएको थियो । पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रन बनाउँदा रविन्दर सिंहले २८ रन जोडे ।
आशिफ शेखले २३ रन जोड्दा रासिद खान १५ रनमा नट आउट रहे । कप्तान  शरद भेषावकरले १४ रन बनाउँदा मोहम्मद  नाभिद ११ रनमा आउट भएका थिए । बलिङतर्फ धनगढीका कमलसिंह ऐरीले चार तथा पिटर ट्रेगो, डेनीयल लरेन्स र रविन क्षेत्रीले एक एक विकेट लिए ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया