कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
कास्की: काठमाडौं रोयल्स पोखरा प्रिमियर लिगको प्लेअफ नजिक पुगेको छ ।
प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले बुटबल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको छ ।
जितसँगै काठमाडौंको ६ अंक भएको छ भने अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा पोखराले शनिबार घरेलु टोली पोखरा पल्टनसँग खेल्दैछ ।
यता बुटवलले भने सुरुआती दुई खेलमा जित हासिल गरेर त्यसयता लगातार तीन हार ब्यहोरेको छ । उसको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ । अन्य टोलीको नतिजाबाट उसको भाग्य निर्धारण हुनेछ ।
पोखरा रंगशालामा काठमाडौंले दिएको १७३ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । बुटवलका लागि ओपनर रोहन मुस्तफाले ६१ रनको अर्धशतकीय इनिङ खेले पनि अन्यले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
चिराग सुरीले ११, भीम सार्कीले १२ र सिद्धान्त लोहनीले १३ रन बहाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका अमरसिंह रौतेलाले ३ तथा नन्दन यादव र बसन्त रेग्मीले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो । १९ रनमा पहिलो विकेट गुमाएको काठमाडौंले ५३ रनमा दोस्रो विकेट खेर फाल्यो ।
उसका ओपनर अमित श्रेष्ठ ४ तथा पवन सर्राफ २२ रनमा आउट भए । त्यसको लगत्तै गौरव तमोर पनि ११ रनमा पेभेलियन फर्किए ।
काठमाडौको स्कोर १०५ रन हुँदा चौथो विकेटका रुपमा जयकिशन कोल्सावाला ४५ रनमा आउट हुन पुगे । तर, नरेश बुढाएर र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटका लागि अविजित ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । मल्लले अविजित २५ तथा बुढाऐरले अविजित ५८ रन बनाए । बुटवलका विपिन खत्रीले २ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।