बुहारी खोज्न गएकी सासू मृत फेला

 कात्तिक १६, २०७५ शुक्रबार १९:१८:४२ | जयराज अवस्थी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – बुधबार साँझ बुहारी खोज्न घरबाट निस्कनुभएकी बैतडीको दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार साउगाउँकी पार्वती भट्ट मृत फेला पर्नुभएको छ ।

५२ वर्षीया भट्ट दशरथचन्द नगरपालिका वडा नम्बर ४ को झल्कोट जङ्गलमा झुन्डिएको अवस्थामा शुक्रबार फेला पुर्नभएको हो । भट्ट सारीको डोरी बनाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरिले जानकारी दिनुभयो । बुधबार साँझ बुहारी खोज्न घरबाट निस्केकी पार्वती बेपत्ता हुनुभएको थियो ।

पार्वतीको बुहारी ३० वर्षीया निर्मला भट्ट पनि बिहीबार बिहान झुण्डिएको अवस्थामै मृत फेला पर्नुभएको थियो । बुधबार दिउँसो घरबाट घाँस काट्न निस्केकी निर्मला साँझसम्म नफर्केपछि सासू पार्वती बुहारी खोज्न जानु भएको थियो । घटना रहस्यमय भएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया