युरोपा लिगको उपाधिका लागि लेभरकुजेन र एटलान्टा खेल्ने

 बैशाख २८, २०८१ शुक्रबार ९:५७:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – यूईएफए युरोपा लिग फुटबलको उपाधिका लागि जर्मन क्लब लेभरकुजेन र इटालियन क्लब एटलान्टा खेल्ने भएका छन् । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभरकुजेनले इटालियन क्लब रोमासँग दुई/दुई गोलको बराबरी खेल्यो । समग्रमा ४–२ गोलसहित लेभरकुजेन फाइनलमा पुगेको हो ।

पहिलो लेगमा लेभरकुजेन २–० गोलले विजयी भएको थियो । लेभरकुजेन युरोपमा ४९ खेलसम्म अपराजित रहने पहिलो टोली पनि बनेको छ । उसले पोर्चुगिज क्लब बेन्फिकाको नाममा रहेको ४८ खेलको अपराजित कीर्तिमान तोडेको छ ।

अर्को खेलमा फ्रेन्च क्लब मार्सेलीलाई हराउँदै एटलान्टा फाइनलमा पुग्यो । सेमिफाइनलको दोस्रो लेगमा मार्सेली ३–० ले पराजित भयो । एटलान्टा समग्रमा ४–१ ले विजयी भयो । पहिलो लेग एक/एक गोलको बराबरीमा सकिएको थियो । फाइनल खेल मे २३ तारिखमा हुनेछ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया