कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
कास्की - पोखरा पल्टन पोखरा प्रिमियर लिगको फाइलनमा पुगेको छ भने प्रतियोगिताको इलिमिनेटरका लागि चितवन र काठमाडौ रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबारकाे खेलमा पोखराले काठमाडौलाई हराएपछि बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरिए भने चितवनले विराटनगरलाई ४ विकेटले हराएपछि धनगढी समान अंक भएपनि रन रेटका आधारमा चौथो हुँदै प्रतियोगिताबाट आउट भयो ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्न सफल भयो ।
यो प्रतियोगितामा विराटनगरको यो अहिलेसम्मकै उच्च साझेदारी हो । पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम अर्धसतक बनाइ आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । उनले ४७ बलमा छ चौका र दुई छक्का प्रहार गरे ।
त्यसपछि सुनिल धमला ब्यक्तिगत ४७ रनमा आउट भएपछि विराटनगरले एक सय १५ रनमा दोस्रो विकेट गुमायो । लगत्तै प्रदिप ऐरीपनि आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो । पारीको अन्त्यतीर विराटनगरले एकपछि अर्को विकेट गुमायो । प्रदिप ऐरी ११ रनमा आउट भए भने एन्र्डु सुविक्सन चार रनमा पेभेलियन फर्किए । यस्तै राजु रिजालपनि मात्र ६ रनमा आउट भए ।
जवाफमा चितवनले १९ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवातदेखि नै दबावमा आएको चितवनले २८ रनमा तीन विकेट गुमायो । अनिल शाह १३ रनमा आउट भए भने हरिशंकर शाहले खाता खोल्न पाएनन् । लगत्तै कप्तान सात रनमा आउट भए ।
चौथो विकेटका लागि आरिफ शेख र स्मिथ पटेलले टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।
तर स्मिथ पटेल २१ रनमा आउट भएपछि ६६ रनमा चौथो विकेट गुमायो । त्यसपछि सन्दिप लामिछानेले एकै ओभरमा दुई विकेट लिएपछि चितवन पुरै दबावमा आयो ।
आरिफ शेख ३५ रनमा आउट भए भने भुवन कार्कीले खाता खोल्न सकेनन् । तर सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाए । उनले अविजीत ५० रन बनाए । यस्तै सोनु तामाङ ११ रनमा अविजित रहे ।
बलिङतर्फ सन्दिप लामिछानेले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै २५ रन खर्चिए । प्रतियोगिताको इलिमिनेटर खेल अाइतबार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।