कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र लिभरपूलबीचको खेल बराबरीमा सकिएको छ । बराबरीपछि लिभरपूलले अंकतालिकामा म्यानचेस्टर सिटीसंगको दुरी बढाउने मौका गुमाएको छ ।
इमिरेट्स स्टेडियममा भएको खेलमा पाहुना टिम लिभरपूलले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६१ मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपूललाई अग्रता दिलाएका थिए ।
तर ८२ औं मिनेटमा एलेजान्द्रे लाकाजेटीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीपछि लिभरपूलको ११ खेलबाट २७ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १० खेलबाट २६ अंक छ ।
अर्को खेलमा लेस्टर सिटीले कार्डिफ सिटीलाई एक शून्यले हरायो । क्लबका मालिक गुमाएपछि पहिलो पटक मैदानमा उत्रिएको लेस्टरले पहिलो हाफ गोलरहित बराबरी खेलेका थियो ।
तर ५५ औं मिनेटमा डिमाराय ग्रेले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । त्यसपछि कार्डिफ खेलमा फर्कन सकेन र लेस्टर ले महत्वपुर्ण तीन अंक हात पार्याे ।
जितपछि लेस्टरका खेलाडीले भावुक हुदै मैदानमा जितको खुसी मनाएका थिए । अर्को खेलमा टोटनह्यामले उल्भरह्याम्टनलाई तीन दुई गोलले हरायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।