कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
अष्ट्रेलिया र दक्षिण अफिकाबीच अष्ट्रेलियाको पर्थमा भइरहेको पहिलो एक दिवसीय खेलमा घरेलु टोली १५२ रनमा अल आउट भएको छ ।
अष्ट्रेलिया निर्धारित ५० ओभरमध्ये ३८.१ ओभरमै अल आउट भएको हो ।
अष्ट्रेलियाका लागि नेथन कुल्टरनाइलले सर्वाधिक ३४ तथा एलेक्स क्यारेले ३३ रनको योगदान दिए । बलिङतर्फ एण्डिले फेलुक्वायोले ३ तथा डेल स्टेन, लुंगी एंगिडी र इमरान ताहिरले समान २–२ विकेट लिए ।
१५३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा दक्षिण अफिकाले जवाफी ब्याटिङ थालिसकेको छ ।
लञ्च टाइमसम्ममा दक्षिण अफिकाले ५ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई २८ रन बनाएर खेलिरहेको थियाे ।
दक्षिण अफिकाका सुरुवाती ब्याट्स्म्यानहरु क्विण्टन डी ककले १४ बलमा १९ र रीजा हेण्ड्रिक्सले १६ बलमा ३ रन जोडेका थिए ।
लञ्च टाइमपछिको खेल भर्खरै सुरु भएको छ ।
यतिबेला क्विण्टन डी ककले २३ बलमा ३१ र रीजा हेण्ड्रिक्सले २५ बलमा १८ रन जोडेर खेलिरहेका छन् भने ८ अाेभरकाे समाप्तिमा दक्षिण अफ्रिकाले कुनै विकेट नगुमाई ५५ रन बनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।