असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले बहराइनलाई हराएकाे छ । नेपालले बहराइनलाई ७ विकेटले हरायाे ।
बहराइनले दिएकाे ७८ रनकाे सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान देव खनाल र अर्जुन कुमालले समान नटआउट ३२ रन बनाए । बलिङतर्फ बहराइनका ओबेद सइदले ३ विकेट लिए ।
यसअघि मलेसियाकाे बायाेमास ओभलमा टस जितेर ब्याटिङ गरेकाे बहराइन ३७ ओभर ५ बलमा ७७ रनमा अलआउट भयाे । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले ४ विकेट लिए । दिपेशले ९ ओभर ५ बलमा मात्र ४ रन दिए । यस्तै दुर्गेशले ८ ओभरमा २२ रन दिए ।
प्रतियाेगितामा नेपालकाे याे लगातार दाेस्राे जित हाे । पहिलाे खेलमा नेपालले इरानलाई २ सय ७४ रनकाे फराकिलाे अन्तरले हराएकाे थियाे । अब नेपालले अन्तिम खेलमा आउँदाे बिहीवार साउदी अरेबियासँग खेल्नेछ । याे खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।
गएकाे बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी छन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।
समूह 'ए' मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै समूह 'बी' मा यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह 'सी' मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह 'डी' मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।